गृह पाएपनि सरकारमा नजान नेतृत्वलाई सुझाव

काठमाण्डु टुडे २०७० फागुन १० गते १०:४८ मा प्रकाशित

balkhuकाठमाण्डु, १० फागुन – नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टीलाई सकारमा नजान सुझाव दिएका छन् ।

पार्टी मुख्याल बल्खुमा शनिबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले गृहमन्त्रालय पाएपनि सरकारमा जान नहुने सुझाव दिएका हुन् ।

काँग्रेस एक पटक भएको सहमतिबाट पछि हटेकाले अब सरकारलाई भन्दा संविधानलाई प्राथमिकता दिनुपर्ने उनीहरुको सुझाव छ ।

बैठकमा बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले सत्तासाझेदारीमा कांग्रेसले धोका दिएको आरोप लगाए । सहमति कार्यान्वयन नभएसम्म सरकारमा जाने इच्छा नभएको उनको भनाई थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले काँग्रेससँग भएका लिखित र मौखिक सहमतिबारे व्रिफिङ गरेका थिए । वार्ता टोली संयोजकसमेत रहेको गौतमले काँग्रेससँग उपप्रधानमन्त्री तथा गृहमन्त्रालय आफ्नो पार्टीलाई दिइने भद्र सहमति भएको भएपनि त्यसको उल्लङ्घन भएको बताए ।

‘उपप्रधानसहित गृहमन्त्रालय हामीलाई दिने सहमति भएको थियो, बैठकमा व्रिफिङ गर्दै गौतमले भने, ‘प्रधानमन्त्रीमा निर्वाचित भएपछि सुशील कोइरालाले धोका दिए ।’

निर्वाचनको जनादेशअनुसार एमाले, काँग्रेससँगको सहयोगी नभई साझेदार भएकाले सहमति कार्यान्वयन नभए पार्टीका लागि सरकारमा जानुभन्दा एक वर्षभित्र संविधान बनाउने विषय नै प्रमुख प्राथमिकता दिनु उपर्युक्त हुने गौतमले बताए केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीको नवौँ महाधिवेशन आगामी जेठको पहिलो सातामा गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us