
काठमाण्डु, १० फागुन – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नदीमा फोहोर नफाल्न सबैसँग आग्रह गरेका छन् । रुद्रमती नदीको सरसफाइ कार्यक्रममा सहभागी हुँदै नेपालले नदीमा जथाभावी फोहर मिल्काउने प्रवृत्तिलाई स्थानीयवासीले रोक्नुपर्ने बताएका हुन् ।
यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली र नेपाली काँग्रेसका नेता गगन थापाले मानव सभ्यतासँग जोडिएको नदीनालालाई सबैले मिलेर संरक्षण गर्नुपर्ने खाँचो औंल्याए ।
शनिबार रातोपुलदेखि कालोपुलसम्मको नदी सरसफाइ गरिएको हो ।