काँग्रेस–एमाले हिंडेको बाटो असंवैधानिक: थापा

काठमाण्डु टुडे २०७० फागुन ११ गते ४:०६ मा प्रकाशित

पोखरा, ११ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र एमालेबीचको विवादले मुुलुक संकटमा धकेलिएको बताएका छन् ।

Kamal-Thapa
पोखरामा आइतबार भएको पत्रकार सम्मेलनमा थापाले सरकार गठनअघि दुई दलबीच भएको सात बुँदे सहमति असैद्धान्तिक र अप्रजातान्त्रिक भएको बताएका हुन् ।

‘काँग्रेस र एमालेबीच भएको सहमति असैद्धान्तिक र अप्रजातान्त्रिक छ’, थापाले भने, ‘ दुई दल मिलेर गरेको सातबुँदे सहमतिले जनताको ताजा जनादेशलाई अपमान गरेको छ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले दुई ठूला दलको विवादका कारण सरकारले पूर्णता पाउन नसकेको बताए ।

काँग्रेस एमालेको सत्ता झगडाका कारण मुलुकले एक वर्षभित्र संविधान नपाउने खतरा बढेर गएको उनको भनाइ थियो । ‘एक वर्षभित्र संविधान बनाउने चाहना राखेर कांग्रेस र एमालेलाई जनताले ठूला दलको हैसियत दिएका हुन्’, थापाले भने, ‘निर्वाचन सकिएको तीन महिना भइसक्दा समेत सरकार दिन नसक्नेले एक वर्षमा कसरी संविधान देलान ?’

उनले संविधानसभामा रहेका सबै दललाई अगुवाई गरेर संविधान बनाउने हैसियत काँग्रेस–एमालेसँग नरहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us