स्थानीय चुनाव संविधान जारी भएपछि : पुन

काठमाण्डु टुडे २०७० फागुन १० गते ९:५३ मा प्रकाशित

barsaman-punकाठमाण्डु, १० फागुन – एकीकृत माओवादीका नेता बर्षमान पुन अनन्तले एक स्थानीय निकायको चुनाव संविधान जारी भएपछि मात्रै गर्नुपर्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ ताप्लेजुङले शनिबार आयोजना गरेको कार्यक्रमा बोल्दै पुनले एक वर्ष भित्रै संविधान जारी गरेर स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका हुन् ।

अनन्तले स्थानीय निकायको चुनावलाई नै लक्षित गरेर काँग्रेस–एमालेले गृहमन्त्रालयको विषयमा झगडा गरिरहेको प्रष्ट पारे ।

‘गृह भए सिडियो आफ्नो हुन्छ, पुनले भने, ‘सिडियो मार्फत चुनाव आफ्नो पक्षमा पार्न जनतालाई पेल्न पाइने भएकाले गृहको विषयमा लडाईं परेको हो ।’ काँग्रेस एमालेले भनेजस्तो आगामी जेष्ठमा स्थानीय निकायको चुनाव सम्भव नरहेको उनको भनाई छ ।

संविधान निर्माणमा असर पर्न नदिन पनि संविधान जारी भएपछिमात्रै स्थानीय निकायको चुनाव गर्नुपर्ने पुनले बताए । मुलुक संघीयतामा गइसकेका ले संघीय राज्यको अवधारणा अनुसार निर्वाचन गराउनु वैज्ञानिक हुने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us