बसको ठक्करबाट एकको ज्यान गयो

काठमाण्डु टुडे २०७० फागुन १२ गते ८:०५ मा प्रकाशित

चितवन, १२ फागुन – चितवनको माडीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठोरीतर्फ जाँदै गरेको ना ३ ख ३०३० नम्बरको यात्रुबाहक बसले बिहान ६ बजे ठक्कर दिँदा वनकटाका स्थानीयवासी भोजराज पौडेलको मृत्यु भएका हो ।

गम्भीर घाइते पौडेलको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us