एक वर्षभित्रै संविधान लेख्नुपर्छ : डा. भट्टराई

काठमाण्डु टुडे २०७० फागुन १२ गते १०:३१ मा प्रकाशित

Baburam-Bhattaraiगोरखा, १२ फागुन – पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एक वर्षभित्र संविधान लेख्नुपर्ने बताएका छन् ।

गोरखाको च्याङ्ली गाविसमा सोमबार आयोजित एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै भट्टराईले आगामी एक वर्षभित्र संविधान जारी गर्नु नै मुख्य राजनीतिक दलहरुको दायित्व भएको बताए ।

आफू जहाँ भए पनि गोरखा जिल्लाको विकासका लागि सधैं क्रियाशील रहेको उनको भनाइ छ ।

स्थानीय मङ्गलेश्वर सांस्कृतिक मञ्च, गोरखा–काठमाण्डु सम्पर्क मञ्च तथा स्थानीय बासिन्दाबाट प्राप्त सहयोगसमेत गरी झन्डै नौ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us