कांग्रेसले मन्त्रीहरुको टुंगो लगायो

काठमाण्डु टुडे २०७० फागुन १२ गते ५:४२ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १२ फागुन – नेपाली काँग्रेसले मन्त्री चयनका विषयमा पार्टीभित्र देखिएको विवादलाई सुल्झाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री चयनका विषयमा सहमति जुटाएको हो ।

स्रोतका अनुसार काँग्रेसमा कोइराला पक्षलाई ६० र देउवा पक्षलाई ४० प्रतिशत मन्त्रालय दिने सहमति भएको छ । देउवा पक्षलाई दिईने ४ मन्त्रालय र संस्थापन पक्षले पाउने ६ मन्त्रालयमा भागबण्डासहित त्यसको नेतृत्व गर्दै जाने सहमति भएको एक नेताले बताए ।

काँग्रेसले नारायण खड्का , प्रकाशमान सिंह , अर्जुननरसिंह केसी र फरमुल्लाह मन्सुरलाई सरकारमा पठाउने तयारी गरेको छ । सरकारमा जाने अन्य नेताहरुको नाम भने संसदको बैठकपछि छलफल गरी सार्वजनिक गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले मन्त्रालय बाँडफाँडका विषयमा पार्टीभित्र कुनै बिबाद नरहेको बताए । मन्त्रीहरुको नाम छिटो पठाउनसमेत आग्रह गरिएको बडुले जानकारी दिए ।

नेपाली  काँग्रेस र एमालेको आन्तरिक बैठकपछि सोमबार साँझसम्ममा मन्त्रीपरिषद बिस्तार गर्ने तयारी भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us