एमाले महाधिवेशन मदन-आश्रित स्मृति दिवसमा

काठमाण्डु टुडे २०७० फागुन १२ गते ३:०४ मा प्रकाशित

काठमाण्डु १२ फागुन–एमालेले नवौ महाधिवेशन आगामी दिन जेठ ३ गते मदन भट्टराई र जिवराज आश्रित दिवसदेखि ८ गतेसम्म काठमाण्डुमा गर्ने भएको छ ।uml-by-shekhar1
केन्द्रीय समितिले महाधिवेशन तयारीका लागि नयाँ सदस्यता वितरण फागुन मसान्तसम्म हुने कार्ययोजना एमाले केन्द्रीय समितिको बैठकमा पेश भएको छ । कार्ययोजना अनुसार बैशाख २० गतेदेखि २५ गतेसम्म प्रतिनिधि छनौट गर्ने र बैशाख ३० गतेसम्म सबै प्रतिनिधिको सूची केन्द्रमा पुगिसक्नु पर्नेछ ।
उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित समितिले चैत १५ गतेसम्म दस्तावेज तयार पारिसक्नु पर्ने,चैत १६ गतेदेखि २० गतेसम्म केन्द्रीय समितिमा छलफल गरी दस्तावेजलाई अन्तिम रुप दिइने एमालेले जनाएको छ । बैशाख २५ गते स्थानीय समितिमा दस्तावेज पुरयाएर सुझाव संकलन गर्ने योजना एमालेले बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us