सभासदले नै खान मानेनन् हात्तीपाइलेको औषधि

काठमाण्डु टुडे २०७० फागुन १२ गते १३:०९ मा प्रकाशित

biccकाण्डमाण्डु, १२ फागुन – हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन संविधानसभा भवन पुगेका स्वयम्सेविका निरास भएर फर्किएका छन् ।

हात्तीपाइले विरुद्वको दोस्रो दिन सोमबार व्यवस्थापिका–संसद्को बैठक चलेको मौका छोपेर संविधानसभा भवन पुगेका स्वयंसेविका महिला सभासद्लाई औषधि सेवनका लागि अनुरोध गरेको देखिन्थ्यो । तर, अपेक्षा गरेअनुरुप सभासद्ले औषधि खान नमानी तर्केको गुनासो स्वयंम्सेविकाले गरे ।

भासद् मनमोहन भट्टराई, श्रीकान्ती पासवी, गोपाल दहित ११ जनाले सो औषधि खाएका थिए । औषधि सेवन गर्नेमा महिला सभासद् बढी भएको स्वयंसेविकाले जानकारी दिए ।

‘सडकदेखि महलमा बस्नेहरुले खान नमानेको सन्दर्भमा सभासद्लाई खुवाएर सन्देश दिनका लागि खुवाउन आएका हौँ, यद्यपि धेरैजसो आफूले नखाएर अरु सभासद्लाई देखाएर पन्छनुभयो, तर्कनुभयो र टेर्नुभएन,” स्वयंसेविका सुशीला मैनालीले भनिन् ।

सो औषधि खुवाउन संविधानसभा भवन परिसरमा चार जना स्वयंसेविका खटिएका थिए ।  मैनालीले विश्वका ७० बढी मुलुकमा अभियानका रुपमा सञ्चालन भएको औषधि खान सभासद्ले नै हिच्किचाएपछि अभियान सार्थक हुनेमा शंका व्यक्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us