दाङका पेट्रोलपम्प बन्द

काठमाण्डु टुडे २०७० फागुन १३ गते ५:१५ मा प्रकाशित

दाङ, १३ फागुन –दाङ जिल्लाका पेट्रोलियम व्यबसायीले आज पेट्रोलियम पदार्थ बिक्री बितरण बन्द गरेका छन् । पम्प बन्द भएपछि यातायात व्यवसायी तथा उपभोक्ता मर्कामा परेका छन् ।

व्यवसायीका पेट्रोल पम्प तथा व्यवसायीलाई पटक–पटक भएका धम्की, लुटपाट, चोरी तथा आक्रणसम्मका घटनामा संलग्नलाइ कारबाही गर्न अनुरोध गरेपनि प्रशासनले कुनै सुनवाइ नगरेको भन्दै  बेलुकासम्म जिल्लाका सम्पूर्ण पम्पहरु बन्द गरिएको पेट्रोलियम डिलर्स एसोसिएसन प्रधान कार्यालय तुलसीपुरले जनाएको छ ।

फागुन ६ गते घोराहीको डिजल्स पेट्रोल पम्पमा भएको लुटपाटमासमेत संलग्नलाई पक्राउ गर्न प्रहरी प्रशासनले अझैसम्म चासो नदेखाएको एसोसिएसनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us