एमालेमा विवाद,बिष्णु पौडेल मन्त्री हुन मानेन्

काठमाण्डु टुडे २०७० फागुन १३ गते ५:०९ मा प्रकाशित

UML Logo originalकाठमाण्डु, १३ फागुन – नेकपा एमालेमा विवाद सरकारमा सहभागी हुने नेताहरुको नामावली चयनका विषयमा नेकपा एमालेमा विवाद देखिएको छ । आफूले रोजेका मन्त्रालय नपाएपछि बिष्णु पौडेल मन्त्री हुन अनिच्छुक देखिएका छन् । ग्राण्डी अस्पतालमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेत केपी ओलीबीच छलफल भैंरहेको छ । बरिष्ठ नेता नेपालले २० जनाको नाम लिएपनि सूचि भने दिएका छैनन् ।
हिजो बसेको स्थायी समितिले तीन नेतालाई सरकारमा सहभागी हुनेहरुको नामावली चयन गर्न जिम्मा दिएपनि आकांक्षी धेरै भएकाले सहमति जुट्न नसकेको हो । एमाले अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली र सरकारमा पार्टीको नेतृत्व गर्ने उपाध्यक्ष बामदेव गौतमलाई नाम छान्ने जिम्मा दिइएको थियो । एमाले सचिव युवराज ज्ञवालीले सकेसम्म आजै नभए भोलिसम्म पार्टीका तर्फबाट नामावली प्रधानमन्त्रीलाई दिने बताए ।

एमालेका शीर्ष नेताहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । एमाले स्रोतका अनुसार पार्टीबाट मन्त्रीका लागि सचिव विष्णु पौडेल, नेता भीम रावल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, भीम आचार्य, रविन्द्र अधिकारी, कर्णबहादुर थापा, राधा ज्ञवाली, श्रीमाया थकाली लगायतका नामहरुमा छलफल भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us