संविधानसभा उपाध्यक्षमा ओनसरीको उम्मेदवारी

काठमाण्डु टुडे २०७० फागुन १३ गते ६:३४ मा प्रकाशित

onsariकाठमाण्डु, १३ फागुन– एकीकृत माओवादीले संविधानसभा उपाध्यक्षमा उम्मेदवारी दिएको छ । बहुमतीय प्रक्रियाअन्तर्गत भोलि हुने निर्वाचनका लागि माओवादी सभासद ओनसरी घर्तीले उम्मेदवारी दिएका हुन् ।

उनको प्रस्तावमा एकीकृत माओवादी नेता कृष्णबहादुर महरा र समर्थकमा काँग्रेस नेता आनन्द ढुगाना छन् ।

संसद सचिवालयले सहमतीय प्रक्रियाबाट उपाध्यक्ष चयनका लागि हिजो दिएको समयमा सहमति नभएपछि आज बहुमतीय प्रक्रिया सुरु भएको हो । प्रमुख दुई दल काँग्रेस र एमालेले उपाध्यक्षमा एकीकृत माओवादी उम्मेदवारलाई सघाउने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us