मन्त्रीको टुंगो लगाउंदै साना दल

काठमाण्डु टुडे २०७० फागुन १३ गते ३:५८ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– सरकार गठनमा सहयोग गरेका साना दलले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउन छलफल गरेका छन् । नेकपा माले र राप्रपाले कस्लाइ मन्त्री छान्ने बिषयमा छलफल गरेका हुन् । राप्रपाले महामन्त्री दीपक बोहोरा र सुनिल थापामध्ये एकलाई सिफारिस गर्ने तयारी गरेको छ ।

बोहोरा र थापा प्रत्यक्ष तर्फबाट संविधानसभामा निर्वाचित सभासद हुन् । थापा पार्टी अध्यक्ष सूर्यबहादुर थापाका छोरा समेत हुन् । राप्रपाले आपूर्ति मन्त्रालय पाएको छ । त्यस्तै बिज्ञान तथा प्रविधि मन्त्रालय पाउने संभावना भएको मालेले पनि छलफलमा आन्तरिक छलफलमा जुटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us