ओनसरीको प्रतिस्पर्धी नेमकिपाकी अनुराधा

काठमाण्डु टुडे २०७० फागुन १३ गते ७:४६ मा प्रकाशित

काठमाण्डु, १३ फागुन – एमाओवादी उम्मेदवार ओनसरी घर्ति संविधानसभा अध्यक्षमा सर्वसम्मत नहुने पक्का भएको छ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएपछि घर्ति सर्वसम्मत चयन हुने सम्भावना टरेको हो ।

थापाको उम्मेदवारीको प्रस्तावक नेमकिपाका सभासद प्रेम सुवाल र समर्थक दिल्ली काफ्ले रहेका छन् ।

यद्यपी नेपाली काँग्रेस र नेकपा एमालेले एमाओवादी उम्मेदवारलाई सघाउने बताईसकेकाले घर्ति संविधानसभा उपाध्यक्ष बन्ने लगभग निश्चित छ । एमाले अध्यक्ष झलनाथ खनालले आफूहरुको समर्थन एमाओवादी उम्मेदवारलाई हुने सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us