बहुमतिय प्रणालीमा संविधानसभा उपाध्यक्ष

काठमाण्डु टुडे २०७० फागुन १३ गते २:४२ मा प्रकाशित

काठमाण्डु, १३ फागुन –संबिधानसभा उपाध्यक्ष छान्नका लागि मंगलवार बहुमतीय प्रणालीका आधारमा उम्मेद्वारी दिने कार्यक्रम रहेको छ । मंगलवार बिहान १० बजेदेखि दिउसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ता गर्ने समय दिइएको संसद सचिवालयले जनाएको छ ।

सहमतीका आधारमा उम्मेद्वारी दर्ता गर्ने समय दिइएकोमा उम्मेद्वारी नपरेपछि निर्वाचन मार्फत संबिधान सभा उपाध्यक्ष छान्नु परेको हो । उपाध्यक्षका लागि संबिधान सभा बैठक भोली निर्वाचन हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us