गणेश मूर्ति चोरी

काठमाण्डु टुडे २०७० फागुन १३ गते ३:०५ मा प्रकाशित

काठमाण्डु, १३ फागुन – भक्तपुरको लोकन्थलीबाट गणेशको मूर्ती सहितका सामग्री चोरी भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १६ लनेकन्थलीमा रहेको गणेशको मूर्ति सोमबार राति चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रहरीका अनुसार मन्दिरबाट गणेशको मूर्ति, मूर्तिको आसन, सिक्काको माला र चन्दा बाकसमा रहेको पैसा समेत चोरी भएको छ । प्रत्येक वर्ष विस्केट जात्रामा सिन्दुर जात्रा गर्दै स्थानीयले जात्रा मनाउने गणेशको मूर्ति चोरी भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us