संसदद्वारा दुई अध्यादेश स्वीकृत

काठमाण्डु टुडे २०७० फागुन १३ गते १०:१० मा प्रकाशित

Biccकाठमाण्डु, १३ फागुन – व्यवस्थापिका संसद्को मंगलबारको बैठकले २०६९ असार ३१ गते र मंसिर ५ गते जारी भएका सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने दुई छुट्टाछुट्टै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट बिना विभागीय मन्त्री डा. रामशरण महतले ती अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

यसअघि सभासद् विश्वेन्द्र पासवानले ती दुवै अध्यादेश अस्वीकार गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

सभासद् पासवानको अस्वीकारको प्रस्तावका विषयमा स्पष्टीकरण दिँदै मन्त्री डा. महतले विगतको बाध्यकारी अवस्थामा कानुन बमोजिम ल्याइएका ती अध्यादेश बमोजिम खर्च भई कामसमेत सम्पन्न भइसकेकाले अस्वीकार गर्नुपर्ने अवस्था नभएको हुँदा अस्वीकारको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us