यस्त छन् विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णय

काठमाण्डु टुडे २०७० फागुन १३ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठकले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई सरकारको प्रवक्ता तोकेको छ ।

cabinetमन्त्रिपरिषद् विस्तारलगत्तै मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले रिजाललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । यस्तै बैठकले म्यानमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास (बिमस्टेक) को तेश्रो शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वमा एक टोली त्यसतर्फ जाने निर्णय गरेको छ ।

नेपाल, भारत, थाइल्यान्ड, म्यानमार, बंगलादेश, श्रीलंका र भुटान सदस्य रहेको बिमस्टेक सम्मेलन आगामी फागनु १७ देखि २० गतेसम्म म्यानमारको नेप्यितमा हुँदैछ ।
यस्तै बैठकमा प्रधानमन्त्री कोइरालाले मन्त्रीहरुलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन् । त्यसका लागि समय भने तोकिएको छैन ।

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री एवम् सरकारमा प्रवक्ता रिजालले प्रधानमन्त्रीले मन्त्रीहरुलाई जनतामुखी भएर पारदर्शी र भ्रष्टाचारमुक्त प्रशासन सञ्चालन गर्न निर्देशन दिएका छन् । बैठकले एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्न सहजकर्ताको भूमिका खेल्ने संकल्प पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us