नक्कली संगठन बनाएर चन्दा आतंक

काठमाण्डु टुडे २०७० फागुन १३ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– शसस्त्र भूमिगत संगठनको नाममा राजधानीका विभिन्न स्थानमा चंन्दा आतंक फैलाउने दुई जना प्रहरीको फन्दामा परेका छन् ।

pakrauसशस्त्र स्वयं सेवक दलको नाममा काठामाण्डुको भोटेवहालस्थित होटल कान्तिपुर होलिडे एण्ड रेष्टुरेण्टका सञ्चालक देवेन्द्र सापकोटालाई एकलाख रुपैयाँ चन्दा माग्ने कञ्चनपुरका यज्ञराज पाण्डेय र प्रकाश बडुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पहिला धम्कीको पत्र थमाउने र पछि रकम माग्ने गरेका दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । धम्कीपूर्ण पत्रसहित पीडित सापकोटाले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए ।

प्रहरीले मोबाइल ट्याकरको सहायतामा उनीहरुलाई पक्रन सफल भएको हो । उनीहरुका साथबाट ६ ओटा सिमकार्ड, स्ट्याम्प प्याड, तथा सिम निकाल्न प्रयोग गर्ने विभिन्न व्यक्तिका नगरिकताको फोटोकपीसमेत बरामद भएको छ ।

उनीहरुले लामो समयदेखि विभिन्न दलका पर्चा पम्पलेट बटुलेर चन्दा माग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले पहिला व्यक्तिको प्रोफाइल तयार पारेर पैसा माग्ने र नदिए ज्यान मार्ने धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us