चर्चा बटुल्न सभासद् पासवासनको यस्तो नौटंकी

काठमाण्डु टुडे २०७० फागुन १३ गते ८:४७ मा प्रकाशित

Biswendra_PASWANकाठमाण्डु, १३ फागुन – मंगलवारको संसद बैठक जब कार्यसूचीमा प्रवेश ग¥यो, लगातार बोलिरहने एक्ला सभासद थिए दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान ।

एक मिनेटका लागि छुट्टाइएको शून्य समयमा ३१ जना सभासद्ले समसामयीक र आफ्ना जिल्लाका समस्याका बारेमा कुरा राखे । सभासद् पासवानले त्यो समय पनि छोडेनन् । मंगलबार मात्र होइन दैनिक जसो उनले त्यो एक मिनेटको समय पाएसम्म कहिल्यै छोड्दैनन् ।

जब ३१ जना सभासद्ले एक–एक मिनेट बोलिसके पछि बैठक कार्यसूचीमा प्रवेश गर्यो, संसद बैठक उनकै सेरोफेरोमा घुम्यो । अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निर्णयार्थ पेश गर्ने मंगलबारको बैठकको कार्यसूची थियो ।

जसमा गतवर्ष पेश गरिएको ‘सेवा र कार्यहरुको लागि संचित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९ अस्वीकार गरियोस्’ भनेर विरोधको सूचना पेश गरेका थिए उनै विश्वेन्द्र पासवानले ।
त्यस्तै उनकै अर्को विरोधको सूचना थियो, सेवा र कार्यहरुका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९ । त्यसलाई पनि अस्वीकृत गरियोस् भनि विरोधको सूचना दर्ता गरेका थिए ।

यी विरोधका सूचना प्रस्तुत गर्नुको कारण, फिर्ता लिने नलिने त्यसको जानकारी लगायत विषयमा गरेर पासवानले ७ पटक संसदमा बोल्ने मौका पाए । जसमा तीन पटक रोष्टमको प्रयोग गरे भने तीन पटका आफू बसेकै ठाउँबाट बोले ।

उनले बोलिरहँदा त्यसको जवाफ दिइरहेका थिए एक मात्र विना विभागिय मन्त्री रामशरण महतले । महतले पासवासन शुन्य समय बाहेक ६ पटक बोल्दा त्यति नै पटक त्यसको जवाफ दिए ।

यो आवश्यकता होइन पासवासनको प्रवृत्ति
सभासद् पासवानले अहिलेमात्र होइन, पटक–पटक यस्तै कृयाकलाप देखाइरहन्छन् संसद र संविधानसभामा । जुन प्रकृया अवलम्बन गरेर संविधानसभा गठन भयो, जसरी सभासद्हरु चयन भए, सभासद् पासवान त्यसकै विरोधी हुन् ।

उनले यो विरोध चुनाव गराउने गरी जारी भएका अध्यादेश संसदबाट पारित गर्ने बेला नै गरे । जुन अध्यादेश न त असफल हुन्थे न त असफल भएर त्यसले कुनै असर नै गथ्र्यो, तर पासवानले ती अध्यादेश माथि पनि लगातार विरोध गरे र विरोधको सूचना दर्ता गरेकाले त्यसै माथिको छलफलमा संसदले निक्कै समय लियो ।
नियमावली कमजोर बनाउने पासवानको प्रयास
संविधानसभाले गठन गरेको संसद र संविधानसभा नियमावली मस्यौदा समितिले मस्यौदा तयारीको काम गरिरहेको छ । गत शनिबार १० दिनको समयावधि सकिए पछि थप समयमा समितिले काम गरिरहेको छ ।

यसअघि कहिले चार तला माथिबाट कुर्सी फ्याकेर, कहिले आफैंले लगाएको कपटा च्यातेर त कहिले एक्लै संसद बैठक अवरुद्ध गरेर नकारात्मक चर्चा बटुलेका पासवान पटक–पटक कारवाहीमा परे ।

केही समय निलम्बनमा पनि परे । तर उनको अराजक गतिविधि रोकिएको छैन । पहिले आफ्नो पार्टीबाट एक जना मात्र सभासद् रहेका पासवान अहिले त्यो संख्या दोब्बर अर्थात दुई बनाउन सफल भएका छन् । त्यसैले उनको त्यो अराजकता रोकिनेवाला छैन बरु झन बढ्ने निश्चित छ ।

श्रोतका अनुसार अघिल्लो संविधानसभामा कारवाही भोगिरहनु परेकाले अहिले संविधानसभा र संसद निमायवलीलाई निक्कै फिका बनाउने प्रयास गरिरहेका छन् । सभासद्हरुले अराजक गतिविधि गरिरहे पनि त्यसतालाई कारवाही गर्न वा रोक्न सभामुखलाई कुनै अधिकार दिन नहुने गरी जोडदार रुपमा आवाज उठाईरहेका छन् ।

सभामुख न्यायाधीश नभएको भन्दै कारवाही गर्नु पर्ने वा नपर्ने अधिकार न्यायलयलाई हुने भन्दै उनले सभामुखलाई कुनै अधिकार दिन नहुने बताइरहेका छन् । तर नियमावलीले त्यो अधिकार सभामुख वा संविधनसभाका अध्यक्षलाई दिन्छ वा त्यस्तै अराजक गतिविधि गरिरहने पासवान जस्ता सभासद्को दवावमा नियमावली बन्छ त्यो त नियमावलीले अन्तिम रुप पाएपछि मात्रै भन्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us