‘चौधरीले किन विप्लवसँगै खरिद गरे आलु ?, सर्वसाधरण किसान किन बहिष्कृत ?’

राजु पौडेल २०८२ जेठ २१ गते १५:०० मा प्रकाशित

काठमाण्डू, गत सातामात्रै कांग्रेस सांसद एवं नेपालका एक मात्रै अर्बपति विनोद चौधरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र बिक्रम चन्द (विप्लव) सँग दुई लाख किलो आलु खरिद गरे । चौधरी ग्रुपको खाद्य व्यवसाय ‘सीजी फुड्स’ मार्फत अर्बपति चौधरीले गत बर्षको कार्तीकमा नै आलु खरिद गर्ने सहमति गरेका थिए । गत १४ जेठमा दाङको तुलसिपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको एक कार्यक्रमा बोल्दै नेकपाका महासचि विप्लवले यसबारे आधिकारीक जानकारी गराए ।

आफ्नो ‘सीजी फुड्स’ले विप्लवसँग दुई लाख किलो आलु खरिद गरेपछि अर्बपति चोधरीले यसले नेपाली अर्थतन्त्रको एकीकृत विकासको लागि महत्वपूर्ण योग्दान पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । आलु खरिद गरेपछि चौधरीले सामाजिक सञ्जाल एक्समा उत्साहित हुँदै लेखेका थिए, ‘ नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । हाम्रा उद्योगहरुका लागि आवाश्यक कच्चा पदार्थ देशभित्रैबाट आपूर्ति गर्न सकियो भने अर्थतन्त्रको जग बलियो हुन्छ ।’

अर्बपति चौधरीले सर्वसाधरण किसानले उत्पादन गरेको आलु खरिद नगरेर राजनीतिज्ञ एवं पछिल्लो समयका कृषि व्यवसायी विप्लवसँग खरिद गरेपछि बजारमा बहसको बिषय सुरु भएको छ । चौधरी गु्रपको खाद्य व्यवसाय ‘सीजी फुड्स’ मार्फत भएको यस व्याकारिक लेनदेनले बजार राजनीति र किसानको सम्बन्धबारे गम्भीर बहस सुरु भएको हो । चौधरीले सर्वसाधरण किसानले उत्पादन गरेको सत–प्रतिशत अर्गानिक आलु खरिद नगरेर व्यवसायी एवं राजनीतिज्ञ विप्लवले उत्पादन गरेको आलु खरिद गरेपछि यस बिषयलाई लिएर पछिल्लो समय बजारमा अनेक खालका टिका टिप्पणी भईरहेका छन ।

सर्वसाधरणले निकै मिहिनेत गरेर आलु आलु उत्पादन गर्छन तर बिक्रि गर्न नसकेर हईरानमा छन । उनीहरुले उत्पादन गरेको आलु व्यापारीले सिधै खरिद नर्गदा सर्वसाधरण किसान भने झोल न मोलमा आफ्नो उत्पादन बिचहुलिया मार्फत बिक्रि गर्न बाध्य छन । आफ्नो कृषि उत्पादन सिधै व्यापारी समक्ष बिक्रि गर्न नसकिने, बिक्रिको लागि बिचहुलिय गुहार्न पर्ने, बिचहुलियाले झोल न मोलसँग कृषकहरुसँग खरिद गर्ने र निश्चित प्रतिशत कमिसन आएर मात्रै व्यापारी समक्ष पुर्याउने गरेको भन्दै नेपाली किसान हैरानमा छन । यसले व्यापारी र बिचहुलिया सधै नाफामा तर उत्पादन गर्न किसान भने आफ्नो लगानी पनि उठाउन अवस्थामा रहेको देखाउँछ ।

गत साता मात्रै अर्बपति चौधरीले विप्लवसँग आलु खरिद गरेपछि त नेपालका ग्रमीण क्षेत्रमा पसिना बगाँउदै आएका सामान्य किसान भने आश्चार्य चकित छन– ‘हाम्रीले बर्षाैंदेखि खेती गर्दै आइरहेका छौं तर सोझै बजारमा पहुँच छैन । एक राजनीतिक दलको राजनीतिक दलको सहकारीबाट भने अर्बपतिले सिधै खरिद गर्छन, त्यो पनि यति ठुलो परिमाणमा, हामीलाई कसैले पनि वास्ता गर्दैन् के हामी पनि यहि देशका किसान होइनउ र ?’ रसुवाका एक किसान भनछन् । यस्तै अर्का एक किसान भनछन्, हामीले पनि यस बर्ष थुप्रै आलु उत्पादन गरेका थियौ । तर हामीलाई कसैले पनि सोधेन । सहकारीमा नहुँदासम्म वा दलसँग नजोडिँदासम्म साना किसानहरुको हरुको उत्पादन बेच्नु ? हाम्रो उत्पादन त उत्पानन स्थलमै कुहिएर जाने आवस्था छ । यो अवस्थाले हामीलाई निराश बनाएको छ ।

नेपालका कृषकले उत्पादन गरेका हरेक कृषि उत्पादन व्यापारीले सोझै खरिद नगर्दा बर्षैनि लाखौँ कृषकहरु आफ्नो कृषि उत्पादन बिक्रि गर्न नसकेर हइरानमा छन । तर चौधरी जस्ता धेरै भन्दा धेरै व्यापारी समुहले व्यवसायीक स्वार्थको लागि किसानसँग सिधै खरिद नगरेर बिचहुलिया मार्फत धेरै र बिषादी युक्त कृषि उत्पादन खरिद गर्दिदाँ सर्वसाधरण किसानको धेरै भन्दा धेरै उत्पादन र अर्गानिक उत्पादनले नेपाली बजारमा स्थान पाउन सकेको छैन । यसले कृषकलाई मात्रै मर्कामा परेको छैन कि यसले त यस्ता कृषि उत्पादनको उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यलाई समेत असर परेको छ । यदि राज्य र व्यापारी समुहले साना र सर्वसाधरण कृषकहरुको उत्पादनलाई खरिद गरेर प्रोत्साहान गर्न सकेको खण्डमा आगामी दिनमा सामान्य किसानका समस्यालाई क्रमस रुपमा सुधार गर्दै देशमानै युवा बस्ने वातावरण तयार गर्न समेत हौसला मिल्ने छ ।

चौधरी र विप्लवको सहकार्यः अस्वभाविक होइन ?

नेपाली बजारमा पूर्व विद्रोही एवं समाजवादी धारका नेता विप्लव र निजी पुँजीवादी उद्योगपति चौधरीबिचको सम्बन्धलाई अस्वभाविक रुपमा लिन भने सकिदैन । तर पछिल्लो समयमा राजनीतिका कतिपय बिरोधी धारहरुले ‘आर्थिक व्यवसायिक सहकार्य’ को माध्यमबाट एकै धारमा आउने सम्भावना नकार्न नसकिने बताउँछन । विनेद चौधरी विश्वका विभिन्न ५० देशहरुमा व्यापारिक गतिविधि फैलाएका उद्योगपति हुन । उनले नेपाली ब्रान्ड ‘वाइ वाइ’ बाट आफ्नो शशक्त पहिचान बनाएका छन । उनी कांग्रेस नेता एवं सांसद समेत हुन ।

 उता विप्लव भूमिगत सशस्त्र संधर्षको नेतृत्व गर्दै आएका नेता एवं नेकपाका महासचिव समेत हुन । जो अअिले राष्ट्रिय उत्पादन र आत्मानिर्भता’ नारासहित मुलधारको राजनीतिमा कम ब्याक भएका छन । सामाजवादी धारका नेता विप्लव र पूँजीवादी धारका चौधरीबिचको यो सम्बन्धलाई अर्थपूर्ण रुपमा हेरीएको छ । यी दूईबिचको सहकार्यलाई कतिपयले रणनीतिक व्यापारीक सम्बन्त्रको सुरुवातको रुपमा हेरेका छन ।

                                                       

                       लेखक पौडेल हाल क्रोएसियामा कार्यरत हुनुहुन्छ.

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us