मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने निर्णय

काठमाण्डु टुडे २०८२ असार २५ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २५ असार– विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनस् सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको परिषद्को बैठकले सो निर्णय प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले जानकारी गराए ।

बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक भट्टले बुधबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनले भने, ‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ, ‘त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us