बामदेवले दिए पाँचबुँदे निर्देशन

काठमाण्डु टुडे २०७० फागुन १३ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– नवनियुक्त उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मातहतका निकायलाई पाँचबुँदे निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गौतमले यस्तो निर्देशन दिएका हुन् ।

bamdevयस्तो छ गौतमको पाँचबुँदे निर्देशन
१. राजधानीका विभिन्न सार्वजनिक स्थानमा अवैधानिक ढंगले बसोबास गरिरहेका व्यक्ति तथा परिवारको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाई त्यस्ता स्थान सार्वजनिक हितमा उपयोग गर्ने ।
२. उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण गर्नको लागि विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभूति प्रदान गर्ने ।
३. राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने ।
४. भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशिलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकायहरुमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
५. उपरोक्त कार्यमार्फत सुशासन कायम गर्दै एक वर्षभित्र जनअपेक्षा मुताविकको संविधान जारी गर्ने वातावरण निर्माण गर्ने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us