कीर्तिपुरमा प्राध्यापकहरुको धर्ना

काठमाण्डु टुडे २०७० फागुन १३ गते १०:०१ मा प्रकाशित

कीर्तिपुर, १३ फागुन – त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले विभिन्न मागसहित मंगलबार पनि केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना दिएका छन् ।
धर्ना त्रिवि प्राध्यापक संघको अगुवाइमा सोमबार देखि सुरु भएको हो ।

संघका तर्फबाट २०६८ साल असोज ४ गते प्राध्यापकहरुको हकहितका सम्बन्धमा विश्वविद्यालयसँग प्रस्तुत गरिएका २३ बुँदे माग जायज भएको भन्दै विश्वविद्यालयका तर्फबाट लिखित प्रतिबद्धता जनाए पनि त्यो हालसम्म कार्यान्वयन नभएको भन्दै धर्नालाई निरन्तरता दिइएको हो ।

चरणबद्ध धर्नाको कार्यक्रमअन्तर्गत सोमबार दुई घण्टा धर्ना दिइएकोमा मंगलबार बिहान १० बजेदेखि १ बजेसम्म तीन घण्टा दिइएको संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियाले बताए । धर्ना कार्यक्रम यही फागुन १६ गतेसम्म जारी रहने उनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us