खनाल भन्छन्: यसकारण गैरसभासदलाई मन्त्री बनाइयो

काठमाण्डु टुडे २०७० फागुन १३ गते १४:११ मा प्रकाशित

jn khanalकाठमाण्डु, १३ फागुन – एमाले अध्यक्ष झलनाथ खनालले सभासद्हरु संविधान निर्माणमा व्यस्त हुनुपर्ने भएकाले गैरसभासद्लाई मन्त्री बनाएको दाबी गरेका छन् ।
व्यवस्थापिका–संसदको मंगलबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी निर्णयले संविधान निर्माणमा सहज हुने दाबी गरे । मंगलबार विस्तारित मन्त्रिपरिषद्मा एमालेका १० मन्त्रीमध्ये ६ जना गैरसभासद छन् ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, स्वास्थ्यमन्त्री खगराज अधिकारी ऊर्जामन्त्री राधा ज्ञवाली, खेलकुदमन्त्री हरि पराजुली र भूमिसुधार मन्त्री दलबहादुर राना सभासद छैनन् ।

अर्को एक फरक प्रसंगमा उनले संविधानसभा उपाध्यक्ष चयनका लागि बुधबार हुने निर्वाचनमा एकीकृत माओवादी उम्मेदवार ओनसरी घर्तीलाई समर्थन गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us