प्रधानमन्त्रीद्वारा सरकार विस्तार (मन्त्रीहरुको नामावलीसहित)

काठमाण्डु टुडे २०७० फागुन १३ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, १३ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचित भएको दुई साता पछि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेकातर्फबाट १८ जना मन्त्री थपेर कोइरालाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कोइरालाबाट पद तथा गोपनीयताको सपथ लिए । आफ्नै दल काँग्रेसभित्रको आन्तरिक किचलो र प्रमुख सत्ता साझेदार एमालेसँगको गृह मन्त्रालय विवादका कारण कोइरालाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

कांग्रेसबाट मन्त्री भएका ८ जना र एमालेबाट मन्त्री भएका १० जनालार्इ सपथ गराइएको हो । कांग्रेसबाट अर्थमन्त्री बनेका रामशरण महतले यसअघि नै विनाविभागीय मन्त्रीका रूपमा सपथ लिइसकेका छन् ।
विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री र एक राज्यमन्त्रीसहित २१ सदस्य छन् । सरकारमा जाने तयारीमा रहेका नेकपा माले र राप्रपाले भने मन्त्रीको नाम नदिएका कारण मंगलबार सपथ भएन । वर्तमान सरकार गठनमा सघाएको राप्रपाले बाणिज्य तथा आपूर्ति र मालेले विज्ञान तथा प्रविधि मन्त्रालय पाएको छ ।

कांग्रेसबाट श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङको भने सपथ भएन ।महत्वपूर्णमध्येको एक रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।

सपथ ग्रहण समारोहमा राष्ट्र डा. रामवरण यादवसहित उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति थियो ।यसैबीच विस्तारित मन्त्रिपरिषदको बैठक आजै बस्ने भएको छ । मन्त्रीहरुले  कार्यभार सम्हालेपछि मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

 

यी हुन् मन्त्रीहरु

Mantri

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us