फुटबल हेर्न गएका मनाङ्गे प्रहरीको खोरमा

काठमाण्डु टुडे २०७० फागुन १३ गते १२:१० मा प्रकाशित

dipak-manangeकाठमाण्डु, १३ फागुन – प्रहरीले चर्चित गुण्डा नाईके दिपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

राजधानीको त्रिपुरेश्वरबाट  स्थित दशरथ रंगशालाबाट मंगलबार अपराह्न मनाङ्गेलाई पक्राउ गरिएको हो ।

ए डिभिजन लिग फुटबल प्रतियोतिगताअन्तर्गत मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लवबीचको खेल हेरेर फर्किंदै गर्दा प्रहरीले मनाङ्गेलाई गिरफ्तार गरेको हो ।

उनलाई महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा राखिएको छ ।

रमेश खरेल महानगरीय प्रहरी प्रहरी प्रमुख बनेपछि डनहरु धमाधम गिरफ्ता भइरहेका छन् ।

यसअघि सानातिना डन र डनका सहयोगीलाई पक्रदै आएको प्रहरीले मनाङ्गेमार्फत ठूला डन पक्राउ गर्ने अभियान थालेको हो ।

मनाङ्गे यसअघि लामो समय कारागार बसेर मुक्त भएका थिए ।

मनाङ्गेमाथि राजनीतिक संरक्षणमा संगठित अपराध र हप्ता असुलीको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us