मस्यौदा समितिलाई थप एक साताको समय

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:३६ मा प्रकाशित

Biccकाठमाण्डु, १४ फागुन – संविधानसभा तथा व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली तयार पार्न गठित मस्यौदा समितिको म्याद एक साता थपिएको छ ।

बुधबार बसेको संविधानसभा बैठकले सात दिन म्याद थप्ने निर्णय गरेको हो । सुरुमा दश दिनको म्याद पाएको समितिले थप एक साताको समय पाएको हो ।

मस्यौदालाई अन्तिम रुप दिन थप समय चाहिएको भन्दै समिति संयोजक लक्ष्मणलाल कर्णले सात दिनको म्याद थप्न संविधानसभासमक्ष प्रस्ताव गरेका थिए ।

उनको प्रस्ताव संविधानसभाको बुधबारको बैठकबाट सर्वसम्मतिले स्वकृत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us