हाजिरका भरमा तलब !

काठमाण्डु टुडे २०७० फागुन १४ गते ९:२५ मा प्रकाशित

झापा, १४ फागुन – झापा जिविस कार्यालयमा  चार महिनादेखि १३ कर्मचारीले हाजिरको भरमा तलब खाँदै आएका छन् ।

स्थानीय विकास मन्त्रालयले कर्मचारीलाई उचित व्यवस्थापन गर्न नसक्दा कार्यालयमा आएर हाजिर मात्र गरेर घर फर्की तलब खानुपरेको जिविस कर्मचारी प्रशासन शाखाका प्रमुख टेकबहादुर खड्का काजीले बताए ।

सरकारले चार महिना अगाडिदेखि झापाका ४७ गाविसमा अधिकृत नायब सुब्बा र खरिदार तहका कर्मचारीलाई गाविस सचिवका रुपमा नियुक्त गर्ने नियम बनाएको थियो ।

पहिले कार्यरत खरिदार तहका सचिव र विभिन्न ठाउँबाट सरुवा भएर जिविस आएका नासुले काम गर्ने स्थान नै नपाएपछि यस्तो अवस्था आएको शाखा प्रमुख खड्काले बताए ।

शाखा प्रमुख खड्काले कार्यालय आफैँले कर्मचारीलाई सरुवा बढुवा गर्न नसक्ने बताउँदै भने, ‘स्थानीय विकास मन्त्रालयमा झापा जिविसमा बढी कर्मचारी भएको पटक पटक लिखित जानकारी गराइसकेका छौँ, मन्त्रालयले व्यवस्थापन मिलाउन नसक्दा हाजिर गरेर तलब खानुको विकल्प छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us