आज शिवरात्री मनाइँदै, पशुपतिमा घुइँचो

काठमाण्डु टुडे २०७० फागुन १५ गते १:४१ मा प्रकाशित

pashupatinath nepalकाठमाण्ड, १५ फागुन –आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरिरहेका छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट पाँच हजार साधुसन्त भित्रिएका छन् । कोष र गुठी संस्थानले दक्षिणा, भेटी, दही, मिठाइलगायत खानेकुरा लगायतको व्यवस्था पनि गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आएका साधुसन्तको सेवा सुविधा तथा व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको स्तर हेरी २ सय देखि पाच हजारसम्म दक्षिण दिएर बिदाई गरिने व्यवस्था समेत गरिएको जानकारी दिए ।
भारतको आसामस्थित कामरूप कामाक्षाबाट ११० वर्षका मिलनबाबा पशुपतिमा आइसक्नुभएको कोषले जनाएको छ । नेपालको जनकपुर, वीरगन्ज, हेटौ‌डा, नेपालगन्ज, चितवनलगायत तथा भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक आदि स्थानबाट साधुसन्त  आएका छन् ।
उनीहरू मन्दिरको आसपास क्षेत्र, श्लेषमान्तक, राम मन्दिर, अन्नपूर्ण भण्डारलगायत स्थानमा धुनी जगाउादै, शक्तिको पूजा गरी खरानी घस्ने तथा गाँजा खादै निश्चिन्त भई जीवन जगतको चिन्तन तथा परमात्माको साक्षात्कार गरिरहेका छन् ।
विभिन्न भजन कीर्तनमा समेत उनीहरू सहभागी भएका छन् । कोषका अनुसार दर्शनका लागि विभिन्न देशबाट आउने भक्तजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब तीन हजार सुक्षाकर्मी र १० हजारभन्दा बढी स्वयम्सेवक परिचालन समेत गरिएको छ ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा नेपालीबीच आपसी धार्मिक सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको बताएका छन् ।
त्यसैगरी, प्रधानमन्त्री सुशील कोइरालाले सबै नेपालीलाई आपसमा सद्भाव र मेलमिलाप कायम राखी मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।  सन्देशमा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषी राष्ट्रको रुपमा रहेको नेपालको विशेषताहरु नै विविधतामा एकता रही आएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us