मोरङ, १५ फागुन– मोरङ प्रहरीले ठूलो परिमाणमा हतियारसहित नेपाल पसेका पाँच भारतीयलाई पक्राउ गरेको छ । सिमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो । १४–बीआर–१०–आर ९५५१ नम्बरको भारतीय कारमा हतियारसहित आएका उनीहरुलाई विराटनगर उप–महानगरपालिकाबाट...
काठमाण्डु, १५ फागुन – उपप्रधानतथा गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी निर्णय मान्दिन भनेकोप्रति कडा टिप्पणी गरेका छन् । रिपोटर्स क्लवले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले पार्टी निर्णय मान्दिन भन्ने नेता नेपाललाई कारबाही नभएकोमा गुनासो गरे । ‘पार्टी...
काठमाण्डु, १५ फागुन – सामान्यतया मन्त्रीहरुले भाषण गर्ने, निर्देशन दिने मन्त्रीहरुको काम हो । मन्त्रीको अनुपस्थितिमा सचिवहरुले पनि यस्ता निर्देशन दिइरहेका हुन्छन् । तर सचिवले बहालबाला मन्त्रीको अघि भाषण गरेर उनैले सम्हालेको मन्त्रालयको कामका विषयमा छानविन गर्न निर्देशन दिएको भने कमै देखिन्छ । तर,...
काठमाण्डु, १५ फागुन – महेन्द्रेश्वर शिवालय संरक्षण तथा व्यवस्थापन सञ्चालन समिति गोङ्गबुले महाशिवरात्रिका अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई सम्मान गरेको छ । सोही समारोहमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्राडा भगवान कोइराला र काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेललाई पनि सम्मान गरिएको...
काठमाण्डु, १५ फागुन – एकीकृत नेकपा माओवादीले संविधानसभाबाटै एक वर्षभित्र संविधान निर्माणका लागि आफ्नोतर्फबाट विशेष भूमिका खेल्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीको बैठकले अहिलेको संविधानसभामा जनताको एजेण्डाले उचित स्थान पाउने सम्भावना कम भए पनि पार्टीको तर्फबाट विशेष भूमिका खेल्ने...
काठमाण्डु, १५ फागुन – उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारी आवास सुविधा नलिने भएका छन् । मन्त्री सिंह शुभेच्छुकहरुसँग भेटघाटका लागि सरकारी निवास झन्झटिलो हुने भएकाले निजी निवासमै बस्ने निर्णयमा पुगेका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘क्याटरमा सुभेच्छुकहरुको आवतजावतमा सहज...
चितवन, १५ फागुन – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगर खगेरी पुल नजिक आज बिहान सवारी साधनले ठक्कर दिँदा तीनवटा बयस्क मृग (चित्तल) मरेका छन् । अर्को एक मृग घाइते भएकाले टिकौलीस्थित सशस्त्र प्रहरीको कार्यालयमा उपचारका लागि राखिएको छ । वन्यजन्तुको कोरिडोर क्षेत्रमा चित्तल मरेको...
कीर्तिपुर, १५ फागुन – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालय समक्ष राख्दै आएका मागबारे विहीबार प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियालगायतका प्राध्यापकको टोलीले मागबारे ध्यानाकर्षण गराएको हो । त्रिवि प्रशासनसँग विगतमा उठाएका...
काठमाण्डु, १५ फागुन – विश्वका सातवटै महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली समावेशी महिला पर्वतारोहण टोलीले दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवाको सफल आरोहण गरेको छ । अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो सो हिमाल चार नेपाली महिलाले गत आइतबार आरोहण...
काठमाण्डु, १५ फागुन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कार्यभार ग्रहण गरेलगत्तै गृह प्रशासन मातहतका निकायलाई पाँच बुँदे लिखित निर्देशन दिए । निर्देशनको दोस्रो बुँदामा राजधानीलगायत देशका विभिन्न स्थानमा व्याप्त गुण्डागर्दी नियन्त्रण गर्ने उल्लेख छ । ‘उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण...
काठमाण्डु, १५ फागुन – नवलपरासी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अमरापुरी र रजहरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । नवलपरासीको अमरापुरी २ मा गएराति बा ४२ प ४१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही स्थानकी ६२ वर्षीया...
झापा १५ फागुन– लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई मेचीनगरपालिका–१० स्थित जोरसिमलबाट प्रहरीले पक्राउ गरेको छ । भापाको दमक–१० बस्ने २० वर्षीय दीपेश खरेललाई बुधबार लागुपदार्थ नियन्त्रण ब्यूरो काँकरभिट्टाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खरेलले चलाउँदै गरेको मे४प ९०८६ नम्बरको स्कुटीको तलासीका...