हतियारसहित नेपाल पसेका भारतीय पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:४२ मा प्रकाशित

मोरङ, १५ फागुन– मोरङ प्रहरीले ठूलो परिमाणमा हतियारसहित नेपाल पसेका पाँच भारतीयलाई पक्राउ गरेको छ ।
सिमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो ।

१४–बीआर–१०–आर ९५५१ नम्बरको भारतीय कारमा हतियारसहित आएका उनीहरुलाई विराटनगर उप–महानगरपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत भागलपुर बरारी थाना बस्ने मुरलिधर दास, विकास कुमार पासवान, नितेशकुमार यादव, प्रमोदकुमार ताँती, फन्टुस ताँती र सुवोध पासवान रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७ राउण्ड गोली लोड भएका ५ थान पेस्तोल र त्यसमा लाग्ने गोली लोड गरेको ४ थान म्यागजिन,तथा ५८ राउण्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ ।

ठूलो मात्रामा हतियार बोकेर नेपाल भित्रिएका अपराधीको ठूलै घटना गराउने उद्देश्य भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us