नेपाली चेलीले चढे दक्षिण अमेरिकी हिमाल

काठमाण्डु टुडे २०७० फागुन १५ गते ८:११ मा प्रकाशित

aconcagua_mountainकाठमाण्डु, १५ फागुन – विश्वका सातवटै महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली समावेशी महिला पर्वतारोहण टोलीले दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवाको सफल आरोहण गरेको छ ।

अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो सो हिमाल चार नेपाली महिलाले गत आइतबार आरोहण गरेको सो आरोहण दलकी संयोजक शैली बस्नेतले आधार शिविरबाट जानकारी दिईन् ।

शिखर आरोहण गर्नेहरुमा पेमा डिकी शेर्पा, निमडोमा शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्ठ छन् ।
आरोहण दलमा माया गुरुङ, पुजन आचार्यसहित सात जना सम्मिलित छन् ।

मौसम प्रतिकूल रहेकाले आरोहण अभियानमा नौ दिन लागेको थियो ।

सो दलले यसअघि एसिया महादेशमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै अष्ट्रेलिया, युरोप र अफ्रिकी महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us