एमाओवादीले संविधान निर्माणमा भूमिका खेल्ने

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:०६ मा प्रकाशित

Perisdadaकाठमाण्डु, १५ फागुन – एकीकृत नेकपा माओवादीले संविधानसभाबाटै एक वर्षभित्र संविधान निर्माणका लागि आफ्नोतर्फबाट विशेष भूमिका खेल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीको बैठकले अहिलेको संविधानसभामा जनताको एजेण्डाले उचित स्थान पाउने सम्भावना कम भए पनि पार्टीको तर्फबाट विशेष भूमिका खेल्ने निर्णय गरेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न हरसम्भव प्रयास गर्ने र त्यसका लागि विभिन्न वर्ग, जाति, क्षेत्रका समुदायलाई साथमा लिएर अगाडि बढ्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता बोगटीले संविधान निर्माण, आगामी वैशाखमा आयोजना गरिएको विशेष साङ्गठनिक राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भएको दिए ।

विहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि सम्पन्न कतार भ्रमणबारे जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us