ब्राउनसुगरसहित एक पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १५ गते ५:०२ मा प्रकाशित

झापा १५ फागुन– लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई मेचीनगरपालिका–१० स्थित जोरसिमलबाट प्रहरीले पक्राउ गरेको छ ।

भापाको दमक–१० बस्ने २० वर्षीय दीपेश खरेललाई बुधबार लागुपदार्थ नियन्त्रण ब्यूरो काँकरभिट्टाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खरेलले चलाउँदै गरेको मे४प ९०८६ नम्बरको स्कुटीको तलासीका क्रममा सो टोलीले बाक्सभित्र १० ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
खरेललाई ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us