मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी सम्मानित

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:१२ मा प्रकाशित

Khilaraj-Regmiकाठमाण्डु, १५ फागुन – महेन्द्रेश्वर शिवालय संरक्षण तथा व्यवस्थापन सञ्चालन समिति गोङ्गबुले महाशिवरात्रिका  अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई सम्मान गरेको छ ।

सोही समारोहमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्राडा भगवान कोइराला र काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेललाई पनि सम्मान गरिएको छ ।

मन्दिर हातामा आयोजित समारोहमा कूटनीतिज्ञ प्रा.डा. जयराज आचार्यले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलगायतका व्यक्तित्वलाई सम्मान गर्दै हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको विद्यमान अवस्थामा यस परिवारअन्तर्गतका सम्पूर्ण अनुरागी सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गरे ।

मन्दिर सञ्चालन समितिका अध्यक्ष टीकाबहादुर अधिकारी र सचिव मधुसुदन पाण्डेले स्थानीय धार्मिक आस्थाको केन्द्रका रुपमा परिचित सो शिवालयको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us