दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १५ गते ६:१० मा प्रकाशित

काठमाण्डु, १५ फागुन – नवलपरासी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अमरापुरी र रजहरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

नवलपरासीको अमरापुरी २ मा गएराति बा ४२ प ४१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही स्थानकी ६२ वर्षीया टुल्कीमाया नेपालीको उपचारको क्रममा आज विहान मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ ।

त्यसैगरी, नवलपरासीकै रजहर ८ मा लु ११ प २० २३ नम्बरको मोटरसाइकको ठक्करबाट सोही स्थानकी ४१ वर्षीया हरिमाया विकको मृत्यु भएको छ । उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us