दलितहरुले भने, ‘सिंहदरबारले नै अछुतको व्यवहार गर्यो’

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:५३ मा प्रकाशित

Dalitकाठमाण्डु, १४ फागुन – वर्तमान सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको दलित नागरिक समाजले सडक आन्दोलनको चेतावनी दिएको छ ।

रिपोटर्स क्लवमा बुधबार पत्रकार सम्मेलन गरी समाजले वर्तमान सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराईएको भन्दै त्यसको भत्र्सना गरेको हो ।
प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान सरकारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताको लागि समाजले जोडदार मागसमेत गरेको छ ।
पत्रकार सम्मेलनमा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले गाउँघरमा दलितलाई अछुतको व्यवहार गरेको देखिए पनि अहिले सिंहदरबारबाटै दलितलाई अछुतका व्यवहार गरेको आरोप लगाए ।
वर्तमान मन्त्रिमण्डलमा दलितको प्रतिनिधित्व सुनिश्चित नगरे कडा आन्दोलनमा उत्रने उनको चेतावनी छ । यस्तै दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले ऐतिहासिक जनआन्दोलनमा दलित समुदायले पु¥याएको भूमिकाको अवमूल्यन गरिएको गुनासो गरिन् ।

राजनीतिक पार्टीहरुले दलित समुदायलाई हलिया र खेतालाको रुपमा मात्रै प्रयोग गरेको उनको आरोप छ ।
यस्तै जनउत्थान फाउण्डेशनका अध्यक्ष अमृत विश्वकर्माले आगामी विस्तारित मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व नगराईए ५० लाख दलित समुदाय सडकमा उत्रने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us