दिलशोभाले भनिन्, ‘यौन दुराचारको प्रमाण चाहियो’

काठमाण्डु टुडे २०७० फागुन १४ गते ११:४९ मा प्रकाशित

Dilshovaकाठमाण्डु, १४ फागनु – आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले यौन दुराचार गरेको प्रमाण देखाउन चुनौति दिएकी छिन् ।

कानुन नजानेकाले आफूलाई परिबन्दमा पारिएको भन्दै उनले यौन दुराचार भनेको समेत आफूले नबुझेको बताईन् । ‘मलाई प्रमाण चाहिन्छ, उनले भनिन्, ‘कसलाई–कसलाई दुर्व्यवार गरेको छु, मैले पनि थाहा पाउनु पर्यो ।’

बृद्धबृद्धा संरक्षणका लागि आमाघर दर्ता गराए पनि बालगृह सञ्चालनका लागि अनुमति नलिंदा समस्यामा फसेको उनको भनाई छ । बालगृहमा रहेका किशोरीहरुलाई घरमै पठाएर यौनदुराचार गरेको आरोप लागेकी दिलशोभाले आफूले नखाएको विष नलाग्ने बताईन् ।

आफूले यौन दुराचार गरेको भन्ने प्रमाणस्वरुप सार्वजनिक गरिएको अडियो बारे दिलशोभाले भनिन् ‘मेरो आश्रममा खाना पकाउने बहीनीलाई ८९ वर्षिया वृद्धा राधिका मानन्धरलाई राति साथी बस्ने र सेव ागर्ने काम गर्न पठाएको उनले बताइन् ।

‘यो नानीले म आजै जान्छु भनेपछि मैले आमालाई फोन गरेर रातो लुगा लगाएको नानी आउँछ । तपाईलाई धेरै माया गर्छ । तर, हजार / पन्ध्र सय दिनुपर्छ, भनेर फोन गरेको थिएँ, त्यही रेकर्ड गरेछन्’ उनले भनिन् ।

त्यहि अडियो टेप प्रशासनलाई उपलब्ध गराइएको छ । ‘दिउँसो मेरोमा काम गर्छिन् । रातमा तपाईंसँग राख्नुस् भनेको थिएँ,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us