चेपाङ किशोरीद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७० फागुन १५ गते ४:५६ मा प्रकाशित

चितवन, १५ फागुन – चितवनमा एक चेपाङ किशोरीले आत्महत्या गरेकी छिन् ।
पार्वतीपुरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १५ वर्षीया किशोरी  शर्मिला प्रजाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको विकट गाउँ कोराक–८ घर भई पश्चिम चितवन पार्वतीपुरस्थित एक घरमा काम गर्दै आएकी प्रजाले घरको रेलिङमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानीय मित्रलाल अधिकारीको घरमा उनी काम गर्दै आएकी थिइन् । आत्महत्याको कारण भने नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us