नियमावली मस्यौदा समितिको बैठक

काठमाण्डु टुडे २०७० फागुन १६ गते ३:२० मा प्रकाशित

काठमाण्डु, १६ फागुन – संविधानसभा नियमावली मस्यौदा समितिको वैठक आजपनि बस्ने भएको छ ।

शुक्रकार सिंहदरबारमा बस्ने वैठकले बाँकी रहेका विषयहरु टुंगाउने छ । संविधानसभामा पाँच वटा समिति रहने टुंगो लगाईसकेको छ । सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णको नेतृत्वमा रहेको ४९ सदस्यीय समितिले आइतबारसम्मको समय पाएको छ ।

टुंगो लागेका समितिहरुमा संवैधानिक राजनीतिक संवाद सहमति समिति, संवैधानिक अभिलेख अध्ययन र निक्र्योल समिति, क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थपन समिति र नागरिक सम्बन्ध संविधान सुझाब समिति छन् ।

अहिले ५ वटा समितिको प्रस्ताब गरेपनि यसअघिको संविधानसभामा १४ वटा समिति गठन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us