‘संविधान निर्माणलाई प्राथमिकता दिनुपर्छ’

काठमाण्डु टुडे २०७० फागुन १६ गते ८:२२ मा प्रकाशित

Sujata-Koiralaवीरगन्ज, १६ फागुन – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीतिक दल र सरकारको पहिलो प्राथमिकता संविधान निर्माण हुनुपर्ने बताएकी छिन् ।

राजनीतिक दलहरुबीच देखिएको आन्तरिक द्वन्द्वबाट संविधान निर्माणका कार्य प्रभावित हुन नहुने उनको भनाई छ ।

नेपाल प्रेस युनियन पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘नेपाली जनताको चाहनाअनुरुप संघीय समावेशी लोकतान्त्रिक संविधानको निर्माणमा नै सरकार र दलहरुको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्दछ ।’

नेत्री कोइरालाले सहमति, सहकार्य र एकताका साथ काँग्रेस, एमाले र एमाओवादी सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिईन् ।

संविधानभन्दा सरकार र मन्त्रालयको जिम्मेवारी ठूलो नभएको उनको भनाई छ । वर्तमान मन्त्रिपरिषद्मा भौगोलिक, लैङ्गिक र जातीय सन्तुलन नमिलको उनको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us