जीप दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १६ गते ७:३८ मा प्रकाशित

खोटाङ, १६ फागुन – हलेसीको दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परी खोटाङमा एकजनाको मृत्यू भएको छ । अन्य सातजना घाइते भएका छन् ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा शिवरात्रीको अवसरमा लाग्ने मेला भरेर घर फर्कने क्रममा बाहुनीडाँडा–१ बयाक्तास्थित सडकखण्डमा बा ८ च १६११ नम्बरको जीप दुर्घटना हुँदा मोरङको कसेनी–६ बस्ने ७१ वर्षीया कमला बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेहरुमा कमलाका श्रीमान ७३ वर्षीय लोकबहादुर बस्नेत, सोही स्थानका २८ वर्षीय सन्देश खत्री र २५ वर्षीया सुजा खत्री, इटहरी–५ की ५२ वर्षीया लक्ष्मी परियार, ३५ वर्षीया रमा खड्का, २५ वर्षीया सुनिता श्रेष्ठ र धरान–१५ की जानुका निरौला घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us