भ्रष्टाचार निवारण पहिलो प्राथमिकता: कोइराला

काठमाण्डु टुडे २०७० फागुन १६ गते ४:२३ मा प्रकाशित

नेपालगञ्ज, १६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारको प्राथमिकता भ्रष्टाचार निवारण रहेको बताएका छन् ।
Sushil-Koiralaकाँग्रेसनिकट प्रजातान्त्रिक कानुन व्यवसायी संघको महाधिवेशन उदघाटनका लागि आएका कोइराराले नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एक वर्षभित्र संविधान निर्माण गर्नु आफ्नो प्रमुख दायित्व भए पनि भ्रष्टचार हटाउन र सुशासन ध्यान दिने बताए ।
‘एक वर्षभित्र संविधान बनाउनु सरकारको मुख्य प्राथमिकता हो’, कोइरालाले भने, ‘तर शान्ति, स्थायित्व र विकासलाई पनि सँगै लैजान्छु ।’
भ्रष्टाचार नेपालको मात्र नभई दक्षिण एसिया क्षेत्रकै साझा समस्या भएको उनको भनाइ थियो ।

कोइरालाले संविधानसभा बाहिर रहेका मोहन वैद्य नेतृत्वको  नेकपा–माओवादीलगायत असन्तुष्ट दललाई समेत विश्वासमा लिएर संविधान जारी गरिने दाबी गरे  ।
माओवादीले उठाउँदै आएको सर्वपक्षीय भेला आयोजना गर्न तयार रहेको समेत उनले बताए । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us