
काठमाण्डु, १६ फागुन – कतारो दोहामा रहेको इस्तानबुल रेस्टुरेन्टमा ग्यास सिलिण्डर हुँदा तीन नेपालीको मृत्यु भएको छ ।
बिहिवार बिहान सिलिण्डर बिस्फोट भएको थियो । बिस्फोटमा परि थप ९ जना विदेशी कामदारको ज्यान गएको छ भने, ३२ जना घाइते भएका छन् ।
घाइते नेपालीको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाग्लुङ्गका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की, र टंकबहादुर क्षेत्री छन् ।
नेपाली दुतावासले तीन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।