एमाले केन्द्रीय समितिको बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन १६ गते २:३३ मा प्रकाशित

uml officeकाठमाण्डु,१६ फागुन – नवौं महाधिवेशनको तयारीका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

महाधिवेशनको मिति, तयारी र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्न पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटि बैठक बसिरहेको हो ।

वैशाखमा महाधिवेशन गर्ने यसअघिको निर्णयलाई परिवर्तन गरेर जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एमालेको तयारी छ ।

यसैबीच सरकार विस्तारमा असहमति जनाएका एमाले वरिष्ठ नेता माधावकुमार नेपालले केन्द्रीय कमिटि बैठकमा पनि असन्तुष्टि राख्ने तयारी गरेका छन् ।

मन्त्री छनोट गर्ने बैठक अस्पतालमा बसेको भन्दै उनले समग्र प्रकृयामा असन्तुष्टी जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us