
ठिमी, १६ फागुन– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५ मगरगाउँमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
मृत्यु हुनेमा सर्लाही मलंगवा स्थायी घर भएका ३५ वर्षीय श्याम महत, श्रीमती ३० वर्षीया सुनिता र छोरी चार वर्षीया नानु रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
श्याम ससुराली घरको बाहिरपट्टि भुण्डिएको अवस्थामा र आमा छोरी सुतिरहेको अवस्थामा ओछ्यानमा मृत फेला परेको भक्तपुर प्रहरी प्रमुख एसपी जगतमान श्रेष्ठले जानकारी दिए ।
महत परिवार डिभी परेर अमेरिका जाने तयारीमा रहेको बुझिएको छ । एसपी श्रेष्ठले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए ।