अस्थिरता निम्त्याउनेलाई छाड्दिन : गृहमन्त्री

काठमाण्डु टुडे २०७० फागुन १७ गते १२:२९ मा प्रकाशित

bamdevरामेछाप, १७ फागुन – उपप्रधानमन्त्री एवम् गृह मन्त्री वामदेव गौतमले अस्थिरता र अराजकता निम्त्याउन खोज्नेलाई तह लगाउने बताएका छन् ।

गौरीशंकर उच्च माध्यमिक विद्यालय रामेछापको स्वर्णमहोत्सव उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले कुशासन अन्त्य आफू प्रतिवद्ध रहेको बताए ।

सरकार मुलुकबाट भ्रष्टाचार अन्त्य गर्दै सुसासन कायम गर्ने अठोटका साथ अघि बढेको उनको भनाइ थियो । मन्त्री गौतमले एक बर्षभित्र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने प्रतिवद्धता समेत जनाए ।

६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्न सत्ता साझेदार दलहरु लागिपरेको उनको भनाई थियो ।

सो अवसरमा उनले गौरीशंकर उमाविले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिकाको विमोचन र स्वर्ण स्मारकको अनावरण गरेका थिए ।

साथै विद्यालयका एक मात्र जिवित संस्थापक दिपवहादुर कार्की र विशिष्ट योगदान पुर्यावएवापत पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेलाई सम्मानसमेत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us