चौबीस घण्टादेखि विद्युत् सेवा ठप्प

काठमाण्डु टुडे २०७० फागुन १७ गते ८:२७ मा प्रकाशित

electryकञ्चनपुर, १७ फागुन – कञ्चनपुरमा चौबीस घण्टादेखि विद्युत् सेवा ठप्प रहेको छ । शुक्रबार दिउँसोदेखि यहाँ विद्युत् आपूर्ति हुन सकेको छैन ।

भारतको टनकपुरमा रहेको विद्युत्गृहमा खराबी आएका कारण विद्युत् सेवा सुचारु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर कार्यालयका प्रमुख सत्यनारायण महतोले बताए । नेपालतर्फ आउने विद्युत्को ट्रान्सफर्मरमा खराबी आएकाले मर्मतको कार्य भइरहेको उनले जानकारी दिए ।

प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख अवरुद्ध विद्युत्बारे बुझ्न त्यतातिर लागेकाले के भएको रहेछ भन्ने कुरा पछि मात्रै थाहा हुने उनले बताए ।

विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका उद्योगधन्दा, एफएम रेडियो बन्द हुनाका साथै सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । भारतको टनकपुरबाट यहाँ १५ मे

गावाट विद्युत् आपूर्ति हुने गरेको छ । भारतबाट प्राप्त हुने विद्युत् सुदूरपश्चिमसहित मध्यपश्चिमको लमहीसम्म आपूर्ति गर्ने गरिएको छ । सुदूरपश्चिमभरि ३५ मेगावाट विद्युत् खपत हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us