स्थानीय निकाय निर्वाचन प्रक्रिया सुरु: सिंह

काठमाण्डु टुडे २०७० फागुन १९ गते ५:१४ मा प्रकाशित

काठमाण्डु, १९ फागुन–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारले स्थानीय निकाय निर्वाचन प्रक्रिया थालिसकेको बताएका छन् ।
Prakash-Man-Singhराजधानीमा सोमबार भएको कार्यक्रममा उनले स्थानीय विकासमन्त्रीका हैसियतमा आफूले निर्वाचनका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिइसकेको बताए ।

निर्वाचनसम्बन्धी ऐन, नियम निर्माणको प्रक्रिया अघि बढिसकेको भनाइ उनको थियो । सरकार संविधान निर्माणसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागिपरेको दाबी सिंहले गरे ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै बनाउने बताए । अर्को एक फरक सुकुम्बासी समस्या समाधानका लागि सरकारले कम मूल्यमा आवास योजना ल्याउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us